पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको बेडबाट थारु परिवारको सहयोगको अपिल
पाेखरा | चैत १६, २०७९
पोखरा: पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचाररत भेषबहादुर थारुको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
माघमा अपरेशन गरिएको थारु अहिले भेन्टिलेटरमा उपचारत भएपनि केही दिन अस्पतालमा बस्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको हो ।
थारुको माघमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेरुदण्डको अपरेशन गरिएको थियो ।
रुपन्देही सालझण्डी स्थायी घर भएका थारु परिवार पोखराको अमरसिंह चोकमा बस्दै आएका छन् । भेषबहादुरको बुबाले पोखराको एक फर्निचरमा र आमाले गृहिणीको काम गरेर छोराको उपचार गराइराखेका छन् ।
बिरामी भेषबहादुरलाई सहयोग गर्न उनको आमा जमुना थारुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३४०००००१३०४ मा सहयोग गर्न सक्नेछन् ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

